Hosea 7:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मलाई साँचो मनले प्रार्थना गरेका छैनन्। तर त्‍यसका सट्टामा तिनीहरूले मूर्तिपूजा गर्नेहरूझैँ आफैं लडीबडी गर्दै र विलाप गर्छन्। अन्‍न र दाखमद्यको निम्‍ति प्रार्थना गर्दा मूर्तिपूजकहरूले झैँ तिनीहरूले आफैंलाई गहिरो चोट लाउँदछन्। तिनीहरू कस्‍ता बागी भएका छन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू हृदयले मेरो पुकारा गर्दैनन्, तर आफ्‍ना ओछ्यानमा विलाप गर्दछन्‌। अन्‍न र नयाँ दाखमद्यका निम्‍ति तिनीहरू भेला हुन्‍छन्, तर मदेखि भने मुख फर्काउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू आफ्ना हृदयदेखि मलाई पुकार गर्दैनन्, तर तिनीहरू आफ्ना ओछ्यानमा विलाप गर्छन्। तिनीहरू अन्‍न र नयाँ दाखमद्यका निम्ति आफैँलाई घाइते पार्छन्, तिनीहरूका देवताहरूसँग पुकार गर्छन्, तर मदेखि भने तिनीहरू तर्किएर जान्छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू हृदयबाट मलाई बोलाउँदैनन, तर तिनीहरू आफ्नो ओछ्यानमा विलाप गर्दछन्। तिनीहरू अन्न र दाखरसका निम्ति भेला हुन्छन् तर तिनीहरू मदेखि टाडा भाग्छन्।