Hosea 7:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मलाई छोडेर शक्तिहीन देवताको पछि लागेका छन्। तिनीहरू बाङ्गो धनुझैँ भर पर्न नसक्ने भएका छन्। तिनीहरूका अगुवाहरूले घमण्डका कुरा गर्छन्। यसकारण ती अगुवाहरूको मृत्यु डरलाग्दो हुनेछ। अनि मिश्रीहरूले हाँसोमा उडाउनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सर्वोच्चतिर फर्कंदैनन्। तिनीहरू धोका दिने धनुझैँ छन्। तिनीहरूका अगुवाहरू आफ्ना अपमानका वचनले गर्दा तरवारले ढालिनेछन्। यसैको निम्ति मिश्रदेशमा तिनीहरूको ठट्टा हुनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू सर्वोच्चकहाँ फर्कंदैनन्; तिनीहरू व्यर्थैको बाङ्गो धनुजस्तै छन्। तिनीहरूका अगुवाहरू तिनीहरूका अहङ्कारी कुराहरूको कारण तरवारद्वारा नष्ट हुनेछन्। यसको कारण तिनीहरू इजिप्ट देशमा हाँसोको पात्र बन्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू “देवताहरूपट्टि फर्कन्छन् जो वास्तविक देवताहरू होइनन्। “तिनीहरू काठको प्रत्यावर्ती क्षेप्यास्त्र जस्तै हुन। तिनीहरूका अगुवाहरू तिनका क्रोघ पूर्जा वचनले गर्दा तरवारले मारिनेछन्। मिश्रदेशमा तिनीहरूलाई खिसी गरिइएको” कारण यही हो।