Hosea 7:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू धोकेबाज र भक्तिहीन छन्। जसरी पिठो मुछेर तयार नभएसम्म रोटी पोल्नेले चुलाको भुङ्ग्रो नचलाए पनि भित्र-भित्रै सल्किरहन्छ, त्यसरी नै तिनीहरूको घृणा भित्र-भित्रै जलिरहन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सबै व्यभिचारी हुन्। तिनीहरू रोटी पकाउनेले गरम पारेका तन्दुरजस्तै छन्, जसको आगो रोटी बनाउनेले मैदा मुछेको समयदेखि नफुलुञ्जेल मिलाउनुपर्दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू जलिरहेका भट्टीजस्तै सबै व्यभिचारीहरू छन्, जसको आगो पकाउनेले पिठो मुछेदेखि रोटी नपाकुन्जेल त्यसले दाउरा नचलाए तापनि सल्किरहन्छ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू सबै व्यभिचारी हुन्। तिनीहरू रोटी पकाउनेले तातो पारेका तावा जस्तै छन्। त्यसले पीठो मुछेको समयदेखि त्यो रोटी नपाकुन्जेल आगो चलाउँदै मिलाउँदै चलाउँदै गर्छ।