Hosea 7:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हो, आफ्‍ना षडयन्‍त्रमा तिनीहरू भट्टीको आगोझैँ जलिरहे। रातभरि तिनीहरूको क्रोध भुसुभुसु जलिरह्यो र बिहान दन्‍केर निस्‍क्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू छलसित तिनको अगि जान्‍छन्‌। रातभरि तिनीहरूको रीस दन्‍किरहन्‍छ, बिहान त्‍यो बलिरहेको आगोझैँ हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूको हृदय भट्टीजस्तै छ; तिनीहरूले त्यसलाई षड्यन्त्रका साथ भेट्छन्। तिनीहरूको क्रोध रातभरि जलिरहन्छ; बिहान त्यो दन्किरहेको आगोजस्तै हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ढुकेर बस्दा तिनीहरूको मन चुलो जस्तै जल्दछ, किनकि चुलो जस्तै तिनीहरूका हृदय छल-युक्तिले जल्दछ। रातभरि तिनीहरूका रिस दन्किरहन्छ, बिहान त्यो जल्दै गरेको आगोझैं हुन्छ।