Hosea 8:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर अब म तिनीहरूलाई एकसाथ जम्मा गर्नेछु र दण्ड दिनेछु। चाँडै अश्शूरका राजाले तिनीहरूमाथि अत्याचार गर्नेछन् र तिनीहरू वेदनाले छट्पटिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले आफैलाई जाति-जातिमा बेचे पनि म अब तिनीहरूलाई एकसाथ जम्मा गर्नेछु। शक्तिशाली राजाको अत्याचारमुनि तिनीहरू कमजोर भएर जानेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आफूलाई राष्ट्रहरूमा बेचे तापनि अब म तिनीहरूलाई एकसाथ भेला गर्नेछु। शक्तिशाली राजाको थिचोमिचोमा परेर तिनीहरू नाश हुन थाल्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
अन्य जातिहरूलाई तिनीहरूले ‘ज्यालामा’ राखे तापनि म तिनीहरूलाई अब चाँडै जम्मा गर्नेछु, राजा र भारादारहरूलाई अभिषेक गर्न केही समयका निम्ति तिनीहरू रोकिन्छन्।