Hosea 8:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरा प्रजाले आफ्ना राजाहरू चुने; तर त्यो काम आफ्नै खुसीले गरे। मेरो अनुमतिबिना नै तिनीहरूले आफ्ना अगुवाहरू खटाए। तिनीहरूले आफ्ना सुन र चाँदी लिई मूर्तिहरू बनाएर आफैंमाथि नाश ल्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मेरो स्वीकृतिविना राजाहरू नियुक्त गर्छन्, तिनीहरूले मेरो स्वीकृतिविना भारदारहरू नियुक्त गर्छन्। तिनीहरूले आफ्नै विनाशको निम्ति आफ्ना सुन र चाँदीबाट आफ्ना लागि मूर्ति बनाउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मेरो स्वीकृतिविना राजाहरू खडा गर्छन्; तिनीहरूले मेरो सहमतिविना राजकुमारहरू नियुक्त गर्छन्। तिनीहरूले आफ्नै विनाशको निम्ति आफ्ना सुन र चाँदीबाट आफ्ना निम्ति मूर्तिहरू बनाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले राजाहरू नियुक्त गरे, तर मेरा अनुमति लिएनन्। तिनीहरूले राजकुमारहरू नियुक्त गरे, तर ती मानिसहरूलाई म चिन्दिन। तिनीहरूले सुन र चाँदीका मूर्तिहरू आफ्ना निम्ति बनाए, अत तिनीहरूलाई ध्वंश गरिनेछ।