Hosea 8:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामरियाका सहरहुँदो मेरा प्रजाले पुजेका सुनका साँढेलाई म घृणा गर्दछु। म तिनीहरूसित औधी रिसाएको छु। अब तिनीहरूले कहिले मूर्तिपूजा त्याग्ने हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए सामरिया, तेरो बाछाको मूर्ति मिल्काइदे। मेरो रीस तिनीहरूका विरुद्धमा दन्केको छ। तिनीहरू कहिलेसम्म शुद्ध हुनलाई असक्षम रहन्छन्?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सामरिया, तिमीहरूको बाछाको मूर्ति फ्याँकिदेओ! तिनीहरूको विरुद्धमा मेरो रिस दन्केको छ। कहिलेसम्म तिनीहरू अशुद्ध भइरहन्छन्?
Nepali ERV (पवित्र बाइबल)
ए सामारिया, मैले तिम्रो बाछा मिल्काइ दिएँ! ‘मेरो रीस तिनीहरूको विरूद्धमा दन्केको छ!’ तिनीहरू कहिलेसम्म अशुद्ध रहनेछन्?