Hosea 8:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बतास छर्नेहरूले आँधी-बेहरी बटुल्नेछन्। बारीको बाली नपाकेसम्म रोटी बनिन सक्दैन। तर रोटी पाइहाले पनि त्यो विदेशीहरूको मुखमापर्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिनीहरू बतास छर्दछन्, र तिनीहरूले भुमरीको कटनी गर्नेछन्। डाँठमा केही बाला लाग्दैन, तिनीहरूको केही फसल रहनेछैन। त्यो पसाइहाले तापनि विदेशीहरूले त्यो निलिहाल्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिनीहरूले बतास छर्दछन्, र आँधीबेहरीको कटनी गर्दछन्। गहुँको डाँठमा बाला छैन; त्यसबाट पिठो पनि निस्कनेछैन। यदि त्यसले अन्न फलाए तापनि विदेशीहरूले त्यसलाई निलिदिनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू बतास छर्दछन् र तिनीहरूले भुँवरी कटनी गर्नेछन्। तिनीहरूको फसल केही रहनेछैन। त्यसको डाँठमा केही दाना लाग्नेछैन। पसाइहाले तापनि विदेशीहरूले खाइहाल्नेछन्।