Hosea 9:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे इस्राएलका मानिसहरू हो, तिमीहरूले मूर्तिपूजकहरूले जस्‍तै चाडहरू मनाउन छोड। तिमीहरू आफ्‍ना परमेश्‍वरबाट तर्की गएका छौ र उहाँसित विश्‍वासघात गरेका छौ। वेश्‍याहरूझैँ तिमीहरूले देशभरि आफूलाई बाल देवताका हातमा बेचिसकेका छौ र त्‍यसले दाम तिरी किनेको अन्‍न भन्‍ठानी त्‍यसलाई तिमीहरूले प्रेम गर्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ए इस्राएल, नरमाओ। अरू जाति-जातिहरूझैँ आनन्‍दले नरमाओ, किनकि तिमी आफ्‍ना परमेश्‍वरप्रति अविश्‍वासी भएका छौ! अन्‍नको प्रत्‍येक खलामा वेश्‍यावृत्तिको ज्‍याला लिन तिमीलाई मन पर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे इस्राएल, रमाइलो नगर्; अरू राष्ट्रहरूजस्तै हर्षले उत्सव नमना। किनकि तँ आफ्ना परमेश्‍वरप्रति विश्‍वासघाती भएको छस्; तैँले हरेक खलामा वेश्यावृत्तिको ज्याला मन पराएको छस्।
Nepali ERV (पवित्र बाइबल)
हे इस्राएल, तिमी अरू देशका मानिसहरूले मनाए जस्तै खुशी नमनाऊ। तिमी खुशी न हौ किनभने तिमीले आफ्ना परमेश्वरलाई त्यागेर वेश्यावृत्ति गर्न लागेको छौ। तिमीले प्रत्येक खलोमा वेश्यावृत्ति गरेको छौ।