Hosea 9:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “जब मैले पहिलो पटक इस्राएललाई भेट्टाएँ, मलाई मरुभूमिमा उम्रेको दाख भेट्टाएजस्तै लाग्यो। जब पहिलो चोटि मैले तिमीहरूका पुर्खाहरूलाई देखें, तब मलाई ऋतुमा पाकेको नेभाराको पहिलो फल पाएजस्तो लाग्यो। तर जब तिनीहरू बाल-पोरमा आए, तिनीहरूले त्यो बाल देवताको पूजा गर्न थाले र चाँडै तिनीहरू आफूले पुजेका देवताझैँ घिनलाग्दा भए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मैले इस्राएललाई पाउनुचाहिँ उजाड़-स्थानमा दाख पाउनु बराबर थियो। मैले तिमीहरूका पिता-पुर्खालाई देख्नुचाहिँ नेभाराका अगौटे फल देख्नु बराबर थियो। तर जब तिनीहरू बाल-पोरमा गए, तब तिनीहरूले आफैलाई त्यस घिनलाग्दो मूर्तिमा अर्पण गरे, र तिनीहरूले रुचाएको मूर्तिझैँ तिनीहरू घिनलाग्दा भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब मैले इस्राएललाई भेट्टाएँ, त्यो त मरुभूमिमा अङ्गुर भेट्टाएझैँ थियो, जब मैले तिमीहरूका पितापुर्खाहरूलाई देखेँ, त्यो नेभाराको रूखमा भएको पहिलो फलझैँ थियो। तर जब तिनीहरू बाल-पिओरमा आए, तब तिनीहरूले आफूलाई त्यस घिनलाग्दो मूर्तिमा समर्पण गरे, र तिनीहरू ती घृणित वस्तुझैँ बने, जसलाई तिनीहरूले प्रेम गर्थे।
Nepali ERV (पवित्र बाइबल)
उजाड जमीनमा कसैले अङ्गुर पाए झैं मलाई इस्राएल पाउनु थियो। तिमीहरूको पिता-पुर्खा मैले यसरी भेट्टाए जसरी पहिलो ऋतुमा कसैले नेभाराको पहिलो फल प्राप्त गर्छ। तर तिनीहरू बाल पोरकोमा गए र बाल देवताकहाँ आफूलाई अर्पण गरे। कुनै सडेको घिनलाग्दो सामान जस्तो भए। उनीहरूले जुन भयानक वस्तुलाई प्रेम गर्थे त्यस्तै भए।