Hosea 9:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले छोरा-छोरीहरू हुर्काए भने पनि म तिनीहरूलाई रहन दिनेछैनँ र एउटै पनि जिउँदो छोड्नेछैनँ। जब म यी मानिसहरूलाई त्याग्नेछु, तब तिनीहरूमाथि डरलाग्दा कुराहरू आइलाग्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले छोराछोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरी म तिनीहरूलाई निस्सन्तान तुल्याउनेछु। हाय! तिनीहरूलाई, जब म तिनीहरूबाट फर्केर जानेछु!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिनीहरूले छोराछोरी जन्माए तापनि म तिनीहरूलाई प्रत्येक बालकको निम्ति शोकित तुल्याउनेछु। तिनीहरूलाई धिक्कार! जब म तिनीहरूबाट टाढा जान्छु।
Nepali ERV (पवित्र बाइबल)
तर इस्राएलीले छोरा-छोरी पाएर हुर्काए तापनि एउटै बालक पनि नरहने गरि म तिनीहरूलाई निःसन्तान तुल्याउने छु, म उनीहरूलाई त्यागिदिने छु अनि विवादमा फसाउँनेछु।