Hosea 9:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले विदेशी भूमिमा परमप्रभुलाई दाखमद्य र अन्‍य बलिहरू चढाउन सक्‍नेछैनन्। तिनीहरूका भोजन खाने हरेक मानिस अशुद्ध हुनेछ। त्‍यो मलामीलाई दिइएको मृत्‍यु-भोज जस्‍तो हुनेछ। त्‍यो भोक मेट्‍नलाई मात्र चलाइनेछ, त्‍यसबाट कति पनि परमप्रभुको मन्‍दिरमा भेटी चढाउन लगिनेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले परमप्रभुको सामु अर्घको रूपमा दाखमद्य खनाउनेछैनन्, न त तिनीहरूका बलिदानले उहाँ प्रसन्‍न हुनुहुनेछ। यस्‍ता बलिदानहरू तिनीहरूका लागि मरेकाहरूका निम्‍ति शोक गर्नेको रोटीझैँ हुनेछ। ती खाने सबै अशुद्ध हुनेछन्‌। यस्‍ता भोजन तिनीहरूका आफ्‍नै लागि हुनेछ, त्‍यो परमप्रभुको मन्‍दिरमा आउनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले याहवेहकहाँ दाखरसको भेटी चढाउनेछैनन्, न त तिनीहरूका बलिदानहरूले उहाँलाई खुशी तुल्याउनेछ। यस्ता बलिदानहरू तिनीहरूका निम्ति विलाप गर्नेहरूको रोटीजस्ता हुनेछन्; ती रोटी खाने सबै अशुद्ध हुनेछन्। त्यो भोजन तिनीहरूकै भोकको निम्ति मात्र हुनेछ; त्यो याहवेहको मन्दिरमा आउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका मानिसहरूले परमप्रभुलाई अर्धको रूपमा दाखरस चढाउने छैनन्। न त उनीहरूले बलि नै चढाउँन पाउनेछन्। यो बलिदान उनीहरूको निम्ति मरेकाहरूका निम्ति शोक गर्ने रोटी जस्तै हुनेछ। त्यो खानेहरू सबै अशुद्ध हुनेछन्। परमप्रभुको मन्दिरमा उनीहरूको त्यो रोटी जान पाउँदैन। उनीहरूसंग त्यति मात्र रोटी हुन्छ जसले उनीहरू मात्र जीवित रहन सक्छन्।