Hosea 9:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब विपद् आइलाग्‍छ र मानिसहरू छरपष्‍ट हुनेछन्, तब मिश्रीहरूले तिनीहरूका लाश बटुलेर नोपमा गाड्‍नेछन्। तिनीहरूका चाँदीका बहुमूल्‍य वस्‍तुहरू र घर बनाइएका जग्‍गाहरू सिस्‍नुघारी र बेकामका झार-पातले भरिनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू सर्वनाशदेखि भागे तापनि मिश्रदेशले तिनीहरूलाई बटुल्‍नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्‌नेछन्‌। तिनीहरूका चाँदीको धन-सम्‍पत्ति काँढ़ाघारीले पुर्नेछ। तिनीहरूका पालहरू काँढ़ाका झाँगहरूले भरिनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिनीहरू विनाशबाट भागे तापनि इजिप्टले तिनीहरूलाई जम्मा गर्नेछ, र मेम्फिसका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूका चाँदीका भण्डारहरूलाई सिस्‍नुघारीले छोप्नेछ, र तिनीहरूका पालहरूलाई काँडाघारीले ढाक्नेछ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलीहरू पूर्ण रूपले ध्वंश हुने डरले भाग्नेछन्, तर मिश्रदेशले तिनीहरूलाई बटुल्नेछ। अनि मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन्। तिनीहरूको बहुमूल्य चाँदीका वस्तुहरूको वरिपरि झारपात उम्रनेछ। तिनीहरूका पालहरूमा काँढा उम्रनेछ।