Hosea 9:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दण्डको समय आइपुग्यो। मानिसले के पाउनुपर्छ त्यो समय आयो। यी कुराहरू इस्राएलले थाहा पाउनेछ। तिमीहरू भन्छौ, “यो अगमवक्ता मूर्ख छ। त्यो प्रेरित पागल हो।” तिमीहरूको पाप ठूलो भएकोले तिमीहरू मलाई ज्यादै घृणा गर्छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दण्ड दिने दिनहरू नजिकै छन्, प्रतिशोधका दिनहरू आइरहेछन्। इस्राएलले त्यो थाहा पाऊन्। तिम्रा धेरै पाप र ठूलो वैरभावको कारणले तिम्रो लागि अगमवक्ताचाहिँ मूर्ख र आत्माले प्रेरित भएको मानिसचाहिँ बौलाहासरह हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलले यो कुरा थाहा गरोस्, दण्डका दिनहरू आइरहेका छन्; प्रतिशोधका दिनहरू ज्यादै नजिकै छन्। किनभने तेरा पापहरू अति धेरै छन्, तेरो शत्रुता धेरै भएको कारण तैँले अगमवक्तालाई मूर्ख र प्रेरणा पाएको मानिसलाई बौलाहासरह ठान्छस्।
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ता भन्छन, “हे इस्राएल यो कुराहरूलाई बुझि राख, दण्ड दिने समय आएको छ। जुन नराम्रो कामहरू तिमीले गरेको छौ त्यसको भोग गर्ने समय आएको छ।” किनकि इस्राएलीहरू भन्छन्, “अगमवक्ता मूर्ख छ र परमेश्वरको आत्मा भएको मानिस चाँहि बौलाह सरह छ।” अगमवक्ता भन्छन् तिम्रो नराम्रो कामको लागि तिमीलाई दण्ड दिइनेछ। तिम्रो धृणित कामको निम्ति तिमीलाई दण्ड दिइनेछ।”