Hosea 9:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले, आफ्ना प्रजा इस्राएललाई चेतावनी दिन मलाई अगमवक्ता बनाएर पठाउनुभयो। तरै पनि जहाँ म जाँदछु, त्यहाँ तिमीहरू चरालाई झैँ मलाई पासोमा पार्न चेष्टा गर्दछौ। आफ्नै परमेश्वरको मन्दिरमा पनि मानिसहरू अगमवक्ताका शत्रु भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अगमवक्ता मेरा परमेश्वरको साथसाथै एफ्राइमको रखवाली गर्ने हो, तापनि त्यसका सबै बाटोमा पासोहरू थापिएका छन्, र त्यसका परमेश्वरको भवनमा त्यसप्रति दुश्मनी छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अगमवक्ता मेरा परमेश्वरको साथसाथै एफ्राइमको पनि पहरेदार हो; तरै पनि त्यसका सबै बाटोहरूमा त्यसलाई पासो र त्यसका परमेश्वरको भवनमा शत्रुताले पर्खिरहेको हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर र अगमवक्ताको प्रजामाथिबाट एप्रैमको रखवाली गर्ने हो। किनकि उसको सबै बाटोमा शिकारी पासो थापिएकोछ, अनि उसको परमेश्वरको भवनमा त्यसप्रति दुश्मनी छ।