Isaiah 1:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ भन्नुहुन्छ, “के तिमीले चढाइरहेका थुप्रै बलिदानहरू म चाहन्छु भनी तिमीहरू सोच्दैछौ? मलाई त तिमीहरूले होमबलि चढाएका भेडाहरू र मोटा पशुका बोसोले नाक लागिसक्यो। साँढेहरू, भेडाहरू र बोकाहरूका रगतले मलाई वाक्क लागिसक्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरो निम्ति के काम लाग्छ? म त भेड़ाहरूका होमबलि र पालेका मोटा पशुहरूका बोसोका होमबलिदेखि अघाएको छु। साँढ़े, थुमा र बोकाहरूको रगतदेखि म प्रसन्न हुन्नँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह भन्नुहुन्छ, “तिमीहरूका बलिदानहरूको थुप्रो मेरा निम्ति के कामको छ र? मसित चाहिने भन्दा बढी साँढे र मोटा-मोटा पशुहरूका होमबलि छन्। साँढेहरू, थुमाहरू र बाख्राहरूको रगतले म प्रसन्न हुँदिनँ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “तिमीहरू किन मलाई यस्ता बलिहरू दिइरहेकाछौ? मसित तिमीहरूले बलि चढाएका बाख्राहरू, साँढे र भेडाको बोसो चाहिएको भन्दा अधिक थियो। म यिनीहरूमा आनन्द लिदिँन।