Isaiah 1:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिम्रा औंसी र अरू पवित्र चाडका दिनहरूलाई घृणा गर्दछु। ती मैले बोक्‍न नसक्‍ने भार भएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका औंसीका दिनहरू र ठहराएका चाड़हरूलाई मेरो हृदयले घृणा गर्छ। ती त मेरो निम्‍ति भार भएका छन्‌। ती बोक्‍दा-बोक्‍दा म थाकेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका औँसीका चाडहरू, र तिमीहरूले ठहराएका चाडहरूलाई म मेरो सारा प्राणले घृणा गर्छु। ती मेरा निम्ति बोझ भएका छन्; ती बोक्दा-बोक्दै म थकित भइसकेको छु।
Nepali ERV (पवित्र बाइबल)
मेरा सम्पूर्ण हृदयबाटै तिमीहरूले गरेका मासिक सभा र महासभाहरू म घृणा गर्छु। ती सभाहरू मेरा निम्ति अत्यन्त बोझ भएका छन्। अनि म ती भारीहरू बोकेर थाकि सकेकोछु।