Isaiah 1:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र ठीक काम गर्न सिक। सबैको निसाफ गर, अत्‍याचारमा परेकाहरूलाई सहायता गर, टुहुरा-टुहुरीहरूको हकको खोजी गरिदेऊ, रक्षा गरिदेऊ र विधवाको पक्षमा बोल।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भलाइ गर्न सिक! न्‍याय खोज, अत्‍याचारमा परेकाहरूलाई प्रोत्‍साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भलाइ गर्न सिक; न्याय खोज। थिचोमिचोमा परेकाहरूलाई ढाडस देओ। अनाथहरूका पक्षमा बोल; विधवाहरूको मुद्दा लडिदेओ।”
Nepali ERV (पवित्र बाइबल)
राम्रो कामहरू गर्न सिक। अरू मानिसहरूप्रति स्वच्छ बन्। ती मानिसहरूलाई दण्ड देऊ जसले दुःख पैदा गर्छ। ती नानीहरूलाई साथ देऊ जसका आमा-बाबुहरू छैनन्। ती आइमाईहरूलाई समर्थन गर जसका लोग्नेहरू पहिल्यै मरिसकेका छन्।”