Isaiah 1:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरा अगुवाहरू विद्रोही र चोरका साथीहरू भएका छन्। तिनीहलेरू सदा कोसेली र घुस खोजिरहन्‍छन्। अदालतमा तिनीहरूले कहिल्‍यै टुहुरा-टुहुरीको न्‍यायको रक्षा गर्दैनन् र विधवाहरूका उजुर सुन्‍दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा शासकहरू अटेरी, र चोरहरूका साथी भएका छन्‌। तिनीहरू सबैलाई घूस मन पर्छ, र उपहारको पछि दौड़न्‍छन्‌। तिनीहरू टुहुरा-टुहरीहरूको पक्ष लिँदैनन्‌। विधवाहरूको उजूर तिनीहरूकहाँ पुग्‍दैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा शासकहरू बागी, र चोरहरूका साथीहरू बनेका छन्; तिनीहरू सबैले घूस मन पराउँछन्, र उपहारहरूको पछि लाग्छन्। तिनीहरूले अनाथहरूका पक्ष लिदैनन्; विधवाहरूको उजुर तिनीहरूकहाँ पुग्दैन।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका शासकहरू विद्रोही अनि चोरका मित्रहरू भएका छन्। तिमीहरूका सम्पूर्ण अधिकारीहरूले घूस माग्दछन्-तिनीहरूले नराम्रा कामहरू गरेर पैसा लिन्छन्। तिम्रा सम्पूर्ण अधिकारीहरूले मानिसहरूलाई ठगेर ज्याला लिन्छन्। आमा-बाबु नभएका टुहुरा-टुहुरीहरूलाई तिम्रा अधिकारीहरूले सहयोग गर्ने प्रयास गर्दैनन्। तिनीहरूले विधवाहरूका गुनासोलाई पनि ध्यानै दिँदैनन्।”