Isaiah 1:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसर्थ सर्वशक्तिमान् परमप्रभु इस्राएलका शक्तिशाली परमेश्‍वर के भन्‍दै हुनुहुन्‍छ, त्‍यो राम्ररी सुन, “मेरा शत्रुहरूसित म बदला लिनेछु र शत्रुहरूले मलाई अरू दु:ख दिन सक्‍नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण प्रभु, सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्र भन्‍नुहुन्‍छ, “मेरा दुश्‍मनहरूदेखि म मुक्त हुनेछु, र मेरा शत्रुहरूसित साटो लिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण प्रभु, सेनाहरूका याहवेह इस्राएलका सर्वशक्तिमान् परमेश्‍वर घोषणा गर्नुहुन्छ: “आह! म आफ्ना शत्रुहरूमाथि क्रोध खन्याउनेछु। आफ्ना शत्रुहरूसँग म आफैँ बदला लिनेछु।
Nepali ERV (पवित्र बाइबल)
ती सबै कुराहरूले गर्दा-मालिक, सेनाहरूका परमप्रभु इस्राएलका शक्तिशाली परमपवित्र परमेश्वर भन्नुहुन्छ, “म तिमीहरूलाई दण्ड दिनेछु। मेरो शत्रुहरू तिमीहरू मेरो लागि अब उप्रान्त दुःखका कारण हुने छैनौ,