Isaiah 1:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गोरुले आफ्‍नो मालिक चिन्‍दछ र गधाले आफ्‍नो मालिकले खुवाउने डुँड चिन्‍दछ। यी पशुहरूको ज्ञान र मेरा प्रजा इस्राएलीहरूको भन्दा बढी छ। मेरा प्रजाले केही बुझ्‍दैनन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गोरुले आफ्‍नो मालिक चिन्‍छ, र गधाले आफ्‍नो स्‍वामीको डूँड़ चिन्‍छ, तर इस्राएलले चिन्‍दैन, मेरा मानिसहरूले बुझ्‍दैनन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गोरुले आफ्नो मालिकलाई चिन्छ, र गधाले आफ्नो मालिकको डुँड चिन्छ। तर इस्राएलले चिन्दैन, मेरा मानिसहरूले बुझ्दैनन्।”
Nepali ERV (पवित्र बाइबल)
गोरूले आफ्नो मालिकलाई चिन्छ अनि गधा आफ्नो स्वामीले दाना दिने डुँड कहाँ छ जान्दछ। तर इस्राएलका मानिसहरूले मलाई चिन्दैनन्। मेरै मानिसहरूले मलाई बुझ्दैनन्।”