Isaiah 1:31 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आगोको फिलिङ्गाले पराल भस्म भएझैँ शक्तिशाली मानिसहरूका आफ्ना दुष्ट कामसमेत नाश हुनेछ र कसैले तिनीहरूको विनाश रोक्न सक्नेछैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
शक्तिशाली मानिसचाहिँ सनपाटका धुस्नुजस्तै, र त्यसको काम आगोको झिल्काजस्तै हुनेछ। ती दुवै एकैसाथ जल्नेछन्, र कसैले त्यस आगोलाई निभाउनेछैन।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शक्तिशाली मानिस सुकेको दाउरा र त्यसको काम झिल्काजस्तै हुनेछ; ती दुवै एकैसाथ जल्नेछन्, त्यो आगोलाई निभाउने कोही हुनेछैन।”
Nepali ERV (पवित्र बाइबल)
शक्तिशाली मानिसहरू जङ्गलमा सुकेका मसिना दाउराहरू जस्तै हुनेछन्। अनि जुन कुराहरू ती मानिसहरूले गर्नेछन् त्यो एक झिल्का जस्तो हुनेछ जसले आगो लगाउनेछ। ती शक्तिशाली मानिसहरू र तिनीहरूले गरेका कार्यहरू सबै त्यही आगोमा डढेर भस्म हुनेछन् अनि कसैले पनि त्यो आगो निभाउन सक्ने छैन।