Isaiah 1:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू किन विद्रोह गरिरहन्छौ? के तिमीहरूले अझ धेरै दण्ड खोजेका? हे इस्राएल, तेरो शिर घाउले भरिएको छ, तेरो हृदय र मन रोगी भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूले किन अझै पिटाइ खानुपर्छ? किन तिमीहरू अझै अटेरी बनिरहन्छौ? तिमीहरूका सारा शिरमा चोट लागेको छ, र सारा हृदय पीडित भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू किन अझै पिटाइ खान्छौ? तिमीहरू किन बागी भइरहन्छौ? तिमीहरूका शिरभरि चोट-चोटै छ; तिमीहरूका मुटुभरि पीडा छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “मैले तिमीहरूलाई किन दण्ड दिइरहनु? मैले तिमीहरूलाई दण्ड दिएँ तर तिमीहरू बद्लिएनौ अथवा सचेत भएनौ। तिमीहरू अझै मेरो विरोधमा अट्टेरी भइरह्यौ। अहिले मन र हृदय दुवै नै अस्वास्थ छ।