Isaiah 1:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तेरो शरीरमा शिरदेखि पैतालासम्‍म रोग नलागेको कुनै ठाउँ छैन। चोट, घाउ, खटिरा र ठूला घाउहरूले तँ बिटुलिएको छस्। तेरा घाउ कसैले धोएर मलम-पट्टी लगाइदिएको छैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पैतालादेखि टुपीसम्‍मै चोट नभएको कहीँ छैन। चोटैचोट, डामहरू र खुल्‍ला घाउहरू मात्र छन्‌। ती न त सफा गरिएका न बाँधिएका, न तेलले नरम बनाइएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खुट्टाको पैतालादेखि शिरसम्म स्वस्थता छैन। चोटहरू र निलो डामहरू, र उदाङ्गो घाउहरू छन्; ती घाउहरू सफा नगरिएका र पट्टी नबाँधिएका अथवा तेलले सेकिएका छैनन्।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूका पैतालादेखी टुप्पी सम्म, शरीरको प्रत्येक अङ्गमा चोटै चोट र पीडै-पीडाहरू मात्र छन्। तिमीहरूले आफ्ना पिडाहरूको ध्यानै गरेका छैनौ। तिमीहरूका घाउहरू न त सफा गरिएकाछन न त पुरिएकै छन्।