Isaiah 10:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अश्शूरका राजा यस्तोले धाक लगाउँछन्, “यी सबै म आफैंले गरेको हुँ। म बलियो, बुद्धिमान् र चतुर छु। राष्ट्र-राष्ट्रका बीचमा साँध-सिमाना मैले मेटिदिएँ र तिनीहरूले भण्डारमा थुपारेका माल-सामान आफ्नो पारें। त्यहाँ बास गर्ने मानिसहरूलाई मैले साँढेले झैँ कुल्चेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि त्यसले भन्छ, ‘मेरै हातको बल र मेरै बुद्धिमानीले मैले यो गरेको हुँ, किनकि मेरो समझशक्ति छ। मैले जाति-जातिको सिमाना हटाएँ, र तिनीहरूका भण्डारहरू लुटेको छु। एउटा पराक्रमी व्यक्तिझैँ मैले तिनीहरूका राजाहरूलाई दमन गरेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि त्यसले भन्छ: “ ‘मेरो हातको बलले र मेरो बुद्धिले मैले यो गरेको हुँ; किनकि मसित समझशक्ति छ। मैले राष्ट्रहरूका सिमानाहरू हटाइदिएको छु, मैले तिनीहरूका खजाना लुटेको छु; एक शूरवीरले झैँ मैले तिनीहरूका राजाहरूलाई वशमा पारेको छु।
Nepali ERV (पवित्र बाइबल)
अश्शूरका राजाले भन्छन्, “म मात्र ज्ञानी छु। मेरो आफ्नै विवेक र शक्तिद्वारा धेरै कुराहरू गरें। मैले धेरै जातिहरूलाई पराजित गरें। मैले तिनीहरूका सम्पत्ति खोसें। अनि तिनीहरूका मानिसहरूलाई दास बनाएँ। म एकदम शक्तिशाली मानिस हुँ।