Isaiah 10:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
संसारका राष्‍ट्रहरू चराका गुँडझैँ थिए र मैले चराका फुल बटुलेझैँ तिनीहरूका धन-सम्‍पत्ति बटुलें। मलाई तर्साउन एउटा पखेटा पनि चलेन, एउटा चुच्‍चो पनि उघ्रेन!”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कसैले चराको गुँड़मा हात लम्‍काएझैँ मेरो हात जाति-जातिहरूका धन-सम्‍पत्तिसम्‍म पुगेको छ। छोड़िराखेका अण्‍डालाई कसैले बटुलेझैँ मैले सबै देशहरूलाई बटुलें। तर त्‍यहाँ कसैले एउटै पखेटा चलाएन अथवा चूँ-चूँ चीँ-चीँ कसैले गरेन’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कसैले चराका गुँड फेला पारेझैँ, मेरो हात जातिहरूको धनसम्पत्तिमा पुग्यो; मानिसहरूले छोडेका अण्डाहरू बटुलेझैँ, मैले सबै देशहरूलाई भेला गरेको छु; एउटैले पनि पखेटा फ्याट-फ्याट गरेन, अथवा चूँ-चूँ गर्नलाई मुख खोलेन।’ ”
Nepali ERV (पवित्र बाइबल)
मेरा आफ्नै हातहरूले ती मानिसहरूका धन सम्पत्तिहरू लगेको छु जसरी एक मानिसले चराको गुँडबाट अण्डाहरू लैजान्छ। चराले प्रायः आफ्नो गुँड र अण्डाहरू छोड्छ। अनि त्यसलाई रक्षा गर्ने कोही पनि हुदैन्। त्यहाँ कुनै पनि चराले कराउँदै आफ्ना पखेटाहरू अथवा चूँ-चूँ गर्दै लडाइँ गर्न सक्तैन। यसैकारण मानिसहरूले अण्डाहरू लाने गछर्न्। त्यस्तै प्रकारले पृथ्वीमा त्यस्तो कुनै मानिस छैन जसले मलाई मानिसहरू लैजानदेखि रोक्न सक्छ।”