Isaiah 10:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलका ज्‍योति, परमेश्‍वर आगो बन्‍नुहुनेछ। इस्राएलका पवित्र परमेश्‍वर ज्‍वाला बन्‍नुहुनेछ र एकै दिनमा सबै कुरा काँडा र काँडे-झ्‍याङसित भस्‍म पार्नुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
इस्राएलका ज्‍योति आगो र त्‍यसका परमपवित्र ज्‍वाला हुनुहुनेछ, र त्‍यसले त्‍यसका काँढ़ा र सिउँड़ीहरू एकै दिनमा जलाएर भस्‍म पार्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
इस्राएलको ज्योति आगो हुनेछ, र तिनीहरूका पवित्र परमेश्‍वर ज्वाला बन्‍नुहुनेछ; एकै दिनमा काँडाहरू र त्यसका सिउँडीहरूलाई जलाएर भस्म पारिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलको ज्योति त्यस्तै एक आगो हो। त्यही परमपवित्र मात्र आगोका ज्वाला स्वरूप हुनुहुन्छ। उहाँ आगो जस्तै हुनुहुन्छ जसले पहिले सिउँडीहरू र काँढाहरू जलाउँछ।