Isaiah 10:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसरी तिमीहरू गरीबलाई हक, न्याय पाउन रोक्छौ। त्यसरी तिमीहरूले विधवा र टुहुरा-टुहुरीहरूका धन-सम्पत्ति खोस्दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गरीबहरूका हक खोस्न र थिचोमिचोमा परेका मेरा प्रजाहरूका न्याय नगर्न, विधवाहरूलाई शिकार बनाउन र टुहुरा-टुहुरीहरूका धन लुट्नलाई तिनीहरूले यसो गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गरिबहरूबाट अधिकार खोस्न र सताइएका मेरा मानिसहरूबाट न्याय रोक्न, विधवाहरूलाई आफ्ना शिकार बनाउन, र अनाथहरूलाई लुट्नका निम्ति तिनीहरू यसो गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
ती कानूनका ठेकेदारहरू गरीब जनता प्रति निष्पक्ष छैनन्। तिनीहरूले ती गरीब मानिसहरूका अधिकारहरू खोसेर लगे। विधवाहरू र टुहुरा-टुहुरीहरूको सम्पत्तिहरू चोर्ने अनुमति मानिसहरूलाई दिए।