Isaiah 10:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो दिन बाँकी रहेका इस्राएलका सन्तान आफूलाई प्राय: सम्पूर्ण नाश गर्ने राष्ट्रमा कहिल्यै भरपर्नेछैनन्। तिनीहरूले आफ्नो भरोसा साँच्चै परमप्रभु इस्राएलका पवित्र परमेश्वरमा राख्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो दिन इस्राएलका बचेको भाग, याकूबका घरानाका बाँचेकाहरूले फेरि आफूलाई प्रहार गर्नेमाथि भर पर्नेछैनन्, तर इस्राएलका परमपवित्र अर्थात् परमप्रभुमाथि नै साँच्चै भर पर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन इस्राएलको अवशेष, याकोबका घरानाका बचेका भागले तिनीहरूलाई प्रहार गर्नेमाथि फेरि भरोसा गर्नेछैनन्, तर साँचो रूपले याहवेह, इस्राएलका पवित्र परमेश्वरमाथि भरोसा गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस बेला, इस्राएलमा छाडिएर बसेका याकूब परिवारका मानिसहरूले, जसले तिनीहरूलाई कुट्दछन् त्यस मानिसमा नै आफूलाई आश्रित पारी राख्ने छैनन्। तिनीहरूले साँचो रूपमा इस्राएलका परम-पवित्र अर्थात परमप्रभु परमेश्वरमाथि आश्रय हुने कुरा सिक्दछन्।