Isaiah 10:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ओरेबका चट्टानमा मिद्यानीहरूलाई पिटेझैँ म सर्वशक्तिमान् परमप्रभुले तिनीहरूलाई कोर्रा लाउनेछु। मिश्रलाई झैँ म अश्शूरलाई दण्ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान् परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई हिर्काएर लड़ाएजस्तै तिनीहरूलाई एउटा कोर्राले पिट्नुहुनेछ। उहाँले मिश्रदेशमा उठाएझैँ आफ्नो लहुरो पानीमाथि उठाउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मिद्यानलाई ओरेबको चट्टानमा प्रहार गर्नुभएझैँ, सेनाहरूका याहवेहले तिनीहरूलाई कोर्रा लाउनुहुनेछ; अनि उहाँले इजिप्टमा गर्नुभएझैँ, आफ्नो लहुरो पानीमाथि उठाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि सेनाहरूका परमप्रभुले अश्शूरलाई कोर्राले पिट्नु हुनेछ। पहिले परमप्रभुले ओरेब चट्टानमा मिद्यानलाई पराजित गर्नु भएको थियो, यस्तै प्रकारले परमप्रभुले अश्शूरमाथि आक्रमण गर्नुहुनेछ। पहिले परमप्रभुले मिश्रलाई दण्ड दिनु भएको थियो उहाँले समुद्रमाथिबाट डण्डा उठाउनु भएको थियो अनि आफ्ना मानिसहरूलाई मिश्रबाट डोर्याएर लैजानु भएको थियो। त्यस्तै प्रकारले परमप्रभुले मानिसहरूलाई अश्शूरबाट बचाउनु हुन्छ।