Isaiah 10:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू लडाइँमा मारिनेछौ वा त कैदमा लगिनेछौ तर पनि परमप्रभुको क्रोध मर्नेछैन, उहाँका हात सजायँ दिनलाई अझै उठेका हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कैदीहरूका साथसाथै खुम्‍चिनु र मारिएकाहरूका माझमा लोट्‌नुबाहेक अरू केही रहनेछैन। यतिमा पनि उहाँको रीस मरेको छैन, र उहाँको हात अझै माथि उठाइएकै छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कैदीहरूको बीचमा झुक्नुबाहेक र मारिएकाहरूका बीचमा लोट्नुबाहेक केही पनि छोडिनेछैन। यति भएर पनि उहाँको क्रोध शान्त भएको छैन, तर उहाँको हात अझै उठिराखेकै छ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले कैदी सरह शिर निहुराएर रहनुपर्ने छ। तिमीहरू मृत मानिस जस्तो ढल्नेछौ! तर साथ पाउने छैनौ! परमेश्वर अझ पनि क्रोधित नै हुनुहुन्छ। उहाँ तिमीहरूलाई दण्ड दिनलाई अझ पनि तत्पर रहनुहुन्छ।