Isaiah 11:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो दिन दाऊदको वंशबाट एक जना नयाँ राजा राष्‍ट्रहरूका बीचमा एउटा चिनोको रूपमा खडा हुनेछन्। मानिसहरू दाऊद राजाको सहरमा भेला हुनेछन् र उनलाई आदर गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन मानिसहरूका निम्‍ति यिशैको वंशबाट एउटा झन्‍डाजस्‍तै खड़ा हुनेछ। जाति-जातिहरू उहाँकहाँ भेला हुनेछन्, र उहाँको विश्रामको स्‍थान महिमामय हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन जातिहरूका बीचमा यिशैको वंशबाट एउटा झण्डाजस्तै खडा हुनेछ; जातिहरू उहाँकहाँ भेला हुनेछन् र उहाँको विश्रामस्थल महिमामय हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, यस्सी वंशबाट एउटा विशेष मानिस आउनेछ। त्यो मानिस “झण्डा” जस्तो हुनेछ। त्यस “झण्डा” सारा जातिहरूलाई के देखाउँछ र भन्नेछ उहाँको वरिपरि तिनीहरू सबै आउनु पर्दछ। ती जातिहरू के गर्नु पर्ने भनेर उनलाई सोध्नेछन्। अनि जुन ठाउँमा उनी हुने छन् त्यो ठाउँ महिमाले भरिपूर्ण हुनेछ।