Isaiah 11:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो दिन आएपछि परमप्रभुले फेरि एक पल्ट आफ्नो शक्ति प्रयोग गर्नुहुनेछ र अश्शूर, मिश्र, पात्रोस, कूश, एलाम, बेबिलोनिया र हमात देशहरू अनि समुद्रका किनार र टापूहरूमा छोडिएका आफ्ना प्रजालाई स्वदेश फर्काई ल्याउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यस दिन परमप्रभुले अश्शूर, तल्लो र माथिल्लो मिश्र, कूश, एलाम, बेबिलोनिया, हमात र समुद्रका टापूहरूबाट आफ्ना प्रजाको बाँकी रहेको भागलाई छुटाउनलाई आफ्नो हात फेरि दोस्रो पल्ट पसार्नुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस दिन अश्शूर, इजिप्टको तल्लो भाग, माथिल्लो इजिप्ट, पत्रोस, कूश, एलाम, बेबिलोन, हमात र भुमध्यसागरका टापुहरूबाट उहाँको बाँचेको भागलाई लैजानका निम्ति प्रभुले दोस्रो पल्ट आफ्नो हात पसार्नुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला, मेरो मालिक परमेश्वरले तिनीहरूलाई बढाउनु हुन्छ र छाडिएका आफ्ना मानिसहरूलाई लिएर जानुहुनेछ। परमप्रभु परमेश्वरले यस्तो कर्म गर्नु भएको यो दोस्रो पल्ट हुनेछ। (छाडिएका मानिसहरू परमेश्वरका हुन ती देशहरूमा जस्तै अश्शूर, उत्तर मिश्र, दक्षिण मिश्र, पत्रोस कूश, एलाम, बेबिलोनिया, हमात अनि जुन संसार वरिपरि सुदूरमा भाएका ती देशहरूमा।)