Isaiah 11:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहूदा र इस्राएलका चारैतिर छरिएका मानिसहरूलाई पृथ्‍वीका चार कुनाबाट बटुलेर भेला गराएको देखाउन परमप्रभुले एउटा निशानी-झन्‍डा उठाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले जाति-जातिहरूका निम्‍ति एउटा झन्‍डा खड़ा गर्नुहुनेछ, र इस्राएलका निकालिएकाहरूलाई र यहूदाका छरपष्‍ट भएकाहरूलाई पृथ्‍वीको चारै दिशाबाट भेला गराउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, र देशबाट निकालिएका इस्राएलीहरूलाई बटुल्नुहुनेछ; उहाँले पृथ्वीका चारै छेउहरूबाट तितरबितर भएका यहूदाका मानिसहरूलाई भेला गराउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले यो “झण्डा” सबै मानिसहरूकोलागि एउटा चिन्ह स्वरूप उठाउनु हुनेछ। इस्राएल र यहूदाका मानिसहरू जो जबरजस्ती निकालिएका थिए, ती मानिसहरू पृथ्वीभरि टाढा सम्म वरिपरि यत्र-तत्र छरिएका थिए। तर तिनीहरूलाई परमेश्वरले एकजुट पार्नु हुनेछ।