Isaiah 11:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती दुईले मिलेर पश्‍चिममा पलिश्‍तीहरूमाथि हमला गर्नेछन् र पूर्वमा त्‍यहाँका बासिन्‍दाहरूलाई लुट्‍नेछन्। तिनीहरूले एदोमी र मोआबीहरूलाई आफ्‍ना अधीन गर्नेछन् र अम्‍मोनीहरूले तिनीहरूका आज्ञापालन गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू पश्‍चिमतिर पलिश्‍त देशको भिरालोमा वेग हानेर जानेछन्‌। तिनीहरूले मिलेर पूर्वका मानिसहरूलाई लुट्‌नेछन्‌। तिनीहरूले एदोम र मोआबमाथि हात हाल्‍नेछन्, र अम्‍मोनीहरू तिनीहरूका अधीनमा हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पलिश्तीको पश्‍चिमी भिरमा झम्टेर जानेछन्; तिनीहरूले एकसाथ पूर्वतिरका मानिसहरूलाई लुट्नेछन्। तिनीहरूले एदोम र मोआबलाई हराउनेछन्; अनि अम्मोनीहरू तिनीहरूको अधीनमा हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर एप्रैम र यहूदाले पलिश्तीहरूमाथि आक्रमण गर्नेछन्। दुवै राष्ट्रहरू मिलेर पूर्वका मानिसहरू जो धनी छन् तिनीहरूलाई एकसाथ ल्याउनेछन्। एप्रैम र यहूदाले एदोम, मोआब अनि अम्मोनीका मानिसहरूमाथि शासन गर्नेछन।