Isaiah 11:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले लाल समुद्रलाई सुकाइदिनुहुनेछ र तातो हावा बहाएर यूफ्रेटिस नदी पनि सुकाइदिनुहुनेछ र त्यहाँ स-साना सात वटा खोला हुनेछन्। ती खोला जोसुकैले पनि हिँडेर पार गर्न सक्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मिश्रदेशको समुद्रको खाड़ीलाई बिलकुलै सुकाउनुहुनेछ। उहाँले यूफ्रेटिस नदीमाथि लूहसित आफ्नो हात चलाउनुहुनेछ, र त्यसलाई सातवटा खोलाहरूमा विभाजन गर्नुहुनेछ र त्यसमा मानिसहरू जुत्ता लाएर सुक्खै तरेर जानेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले इजिप्टको सामुन्द्रिक खाडीलाई सुकाइदिनुहुनेछ; उहाँले प्रचण्ड बतासले यूफ्रेटिस नदीमाथि आफ्नो हात चलाउनुहुनेछ। मानिसहरू जुत्ता लगाएरै तर्न सकून् भनेर उहाँले त्यसलाई सात वटा खोलामा विभाजित गराइदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु रिसाउनु हुनेछ; र मिश्रको समुद्रलाई दुई भागमा बाँडिदिनुहुनेछ। त्यस्तै प्रकारले, परमप्रभुले युफ्रेटिस् नदीमाथि हात हल्लाउनुहुने छ। उहाँले नदीमाथि हिर्काउनु हुनेछ र त्यो स-साना सातवटा नदीहरूमा बाँडिनेछ। साना नदीहरू गहिरा हुने छैनन्। मानिसहरू आफ्ना जुत्ताहरू नफुकाली ती नदीहरू तर्न सक्नेछन्।