Isaiah 11:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र उहाँका आज्ञापालनमा आनन्‍दित मान्‍नेछन्। उनले मुख हेरेर वा अरूका कुरा सुनेर इन्‍साफ गर्नेछैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि परमप्रभुको भयमा नै उहाँ प्रसन्‍न हुनुहुनेछ। आँखाले देखेर उहाँले इन्‍साफ गर्नुहुनेछैन, र कानले सुनेर मात्र निर्णय गर्नुहुनेछैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र उहाँ याहवेहको भयमा प्रसन्‍न हुनुहुनेछ। उहाँले आफ्ना आँखाले देखेअनुसार न्याय गर्नुहुनेछैन, अथवा आफ्ना कानले सुनेअनुसार निर्णय लिनुहुनेछैन;
Nepali ERV (पवित्र बाइबल)
त्यस बालकले परमप्रभुलाई आदर गरेर आनन्दित हुनेछ। त्यस बालकले अनुहार हेरेर इन्साफ गर्ने छैन्। सुनेको कुराको आधारमा उनले न्याय गर्नेछैन्।