Isaiah 11:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ब्‍वाँसा र भेडा एकसाथ शान्‍तिसित बास गर्नेछन् र चितुवाहरू पाठासित सुत्‍नेछन्। बाछा र सिंहका डमरु एकसाथ खानेछन् र साना बालकहरूले तिनीहरूलाई हेरचाह गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ब्‍वाँसोचाहिँ थुमासित बस्‍नेछ, र चितुवा पाठासित सुतेर बस्‍नेछ। बाछा, सिंह र एक वर्षे पशु एकैसाथ रहनेछन्, र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ब्वाँसो थुमासँग बस्‍नेछ, र चितुवा बाख्रासित ढल्कनेछ; बाछा र सिंह एकसाथ रहनेछन्; र एउटा सानो बालकले तिनीहरूलाई डोर्‍याउनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यसबेला ब्वाँसोहरू थुमाहरूसंग चुपचाप बस्ने छन्। अनि बाघहरू पाठाहरूसंग बस्नेछ। सिंहहरू, बाछा र भैंसीहरूसंग मिलेर बस्नेछन्। एउटा सानो बालकले तिनीहरूलाई डोर्याउनेछ।