Isaiah 11:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको पवित्र पर्वत सियोनमा कुनै हानिकारक वा दुष्‍ट कुरा रहनेछैन। समुद्रचाहिँ पानीले भरिएझैँ पृथ्‍वी परमप्रभुको ज्ञानले भरपूर हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मेरा सबै पवित्र पर्वतमा न त केही हानि न नोक्‍सानी गर्नेछन्, किनकि समुद्र पानीले भरिएझैँ पृथ्‍वी परमप्रभुको ज्ञानले भरिपूर्ण हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मेरा सम्पूर्ण पवित्र पर्वतमा तिनीहरूले न हानि गर्नेछन्, न त नष्‍ट गर्नेछन्; किनकि समुद्र पानीले भरिएझैँ, याहवेहको ज्ञानले पृथ्वी भरिनेछ।
Nepali ERV (पवित्र बाइबल)
यी सारा कुराहरूले त्यहाँ शान्ति छाएको देख्न सकिन्छ। कुनै मानिसले पनि एक-अर्कालाई आघात पुर्याउने छैन्। मानिसहरू जो मेरो पवित्र पर्वतमाथि छन तिनीहरूले कुनै चीजहरू पनि नष्ट गर्ने छैनन्। किन? किनभने मानिसहरूले साँचो मनले परमप्रभुलाई चिने। समुद्र पानीले परिपूर्ण भए जस्तो तिनीहरू पनि उहाँको बारेमा भरिपूर्ण हुनेछन्।