Isaiah 13:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “म पृथ्‍वीमा विपत्ति ल्‍याउनेछु र सबै दुष्‍ट मानिसहरूलाई तिनीहरूका पापको दण्‍ड दिनेछु। हरेक घमण्‍डीको घमण्‍ड झारिदिनेछु र हरेक अहङ्कारी र निठुरीलाई दण्‍ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म संसारलाई त्‍यसको दुष्‍ट्याइँको निम्‍ति र दुष्‍टलाई तिनीहरूका अधर्मको निम्‍ति दण्‍ड दिनेछु। म अहङ्कारीको घमण्‍डको अन्‍त गर्नेछु, र निष्‍ठुरहरूको शेखी झार्नेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म संसारलाई त्यसको दुष्‍टताको लागि, र दुष्‍टहरूलाई तिनीहरूका पापको लागि दण्ड दिनेछु। म अभिमानीहरूको घमण्डको अन्त्य गरिदिनेछु, र निष्‍ठुरहरूको घमण्डलाई चुर पारिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर भन्नुहुन्छ, “म यस संसारमा नराम्रा कुरा हुने कारण सृष्टि गर्नेछु। म दुष्ट मानिसहरूलाई तिनीहरूको पापको लागि दण्ड दिन्छु। म घमण्डीको शेखी झारिदिनेछु। म तिनीहरूप्रति कुनै दया-माया राख्ने छैन।