Isaiah 13:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“बेबिलोनमा बास गर्ने विदेशीहरू आ-आफ्ना देशमा भागिजानेछन्। शिकारीबाट भागेका मृग र गोठाला नभएका भेडाहरूझैँ तिनीहरू छरपष्ट हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू खेदिएको हरिणझैँ, र गोठालोविनाका भेड़ाहरूझैँ, हरेक मानिस आफ्नै मानिसकहाँ फर्केर जानेछ, र हरेक मानिस आफ्नै स्वदेशमा भागी जानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खेदिएको हरिणझैँ, गोठाला नभएको भेडाहरूझैँ, सबै आफ्नै मानिसकहाँ फर्कनेछन्; आफ्नै जन्मभूमिमा भागेर जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
तब मानिसहरू घाइते मृग जस्तै भाग्नेछन्। तिनीहरू गोठालो नभएको भेडा जस्तै भाग्नेछन्। तिनीहरू भागेर आफ्नो देश र मानिसहरूकहाँ जानेछन्।