Isaiah 13:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले आफ्‍नो गर्व र भरोसापूर्ण सेनालाई एउटा पवित्र लडाइँ गर्न र उहाँको रिसमा परेका मानिसलाई दण्‍ड दिन बोलाउनुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा पवित्र जनहरूलाई मैले आज्ञा गरेको छु। मेरो रीस पोखाउन मेरा योद्धाहरूलाई मैले हुकुम दिएको छु। तिनीहरू मेरो विजयमा आनन्‍दित हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले आफ्नो क्रोध खन्याउन आफ्ना पवित्र जनहरूलाई बोलाइपठाएको छु: युद्धका निम्ति तयार पारेका आफ्ना योद्धाहरूलाई आज्ञा गरेको छु, जो मेरो विजयमा रमाउँछन्।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले भन्नुभयोः “मैले ती मानिसहरूलाई जन समूहबाट छुट्‌याएँ अनि म आफै नै तिनीहरूलाई आज्ञा दिनेछु। म रिसाएको छु। ती मानिसहरूलाई दण्ड दिनका लागि मैले मेरा सबभन्दा भेला गरें। उत्तम मानिसहरूलाई यी खुशी मानिसहरूको लागि म र्गवित छु।