Isaiah 13:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पर्वतहरूमाथि भइरहेको होहल्‍ला सुन। मानिसहरूको ठूलो भीड र राष्‍ट्र-राष्‍ट्र र राज्‍य-राज्‍य भेला भएको खैलाबैला भइरहेछ। सेनाहरूका परमप्रभुले आफ्‍नो फौज लडाइँको निम्‍ति तयार पार्दै हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुन, पर्वतहरूमा भएको हल्‍ला, भीड़को हल्‍लाजस्‍तै ठूलो। सुन, राज्‍यहरूका माझमा भएको कोलाहल, जाति-जातिहरू एकसाथ जम्‍मा हुँदा भएको होहल्‍लाझैँ। सर्वशक्तिमान्‌ परमप्रभुले लड़ाइँको निम्‍ति सेना जम्‍मा गर्दैहुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहाडहरूमा ठूलो भीडको खैलाबैलाजस्तो होहल्‍ला सुन्! जातिहरू एकसाथ भेला भएझैँ, राज्यहरूको बीचमा होहल्‍ला सुन्! सेनाहरूका याहवेहले युद्धका निम्ति सेना बटुल्दै हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“त्यहाँ पर्वतहरूमा ठूलो हल्ला छ। ध्यान लगाएर हल्ला सुन्। यो धेरै राष्ट्रहरूका मानिसहरूको हल्ला जस्तो छ। सेनाहरूका परमप्रभुले आफ्ना सैनिकहरूलाई एक साथ बोलाइरहनु भएको छ।