Isaiah 13:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पृथ्वीको पल्लो छेउका टाढा-टाढा देशबाट तिनीहरू आइरहेका छन्। आफ्नो क्रोधमा सारा देशलाई विध्वंस पार्न परमप्रभु आउँदै हुनुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु र उहाँका रीसका हतियारहरू टाढ़ा देश, आकाशको पल्लो छेउदेखि सारा देशलाई नाश गर्न आउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह र उहाँका रिसका हतियारहरू टाढा देश, आकाशको पल्लो छेउदेखि सारा देशलाई नाश गर्न आउँछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु र उहाँका सेनाहरू कुनै टाढा ठाउँबाट आइरहेकाछन्। तिनीहरू क्षितिज पारिबाट आइरहेका छन्। परमप्रभुले आफ्नो क्रोध दर्शाउनलाई ती सेनाहरूलाई हतियार स्वरूप चलाउनु हुनेछ। ती सेनाहरूले सम्पूर्ण देश नै नष्ट परिदिनेछन्।”