Isaiah 13:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
प्रभुको दिन उहाँको क्रोध र भयानक रिसको निष्ठुर दिन आइरहेको छ। पृथ्वी उजाड पारिनेछ र एक-एक पापी नष्ट हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, परमप्रभुको दिन देशलाई उजाड़ पार्न र त्यहाँ भित्र भएका पापीहरूलाई त्यहाँबाट सर्वनाश गर्न, क्रोध र भयानक रीसको साथ निष्ठुर दिन आइरहेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, याहवेहको दिन देशलाई उजाड पार्न र त्यहाँभित्र भएका पापीहरूलाई सर्वनाश गर्न, रिस र भयानक क्रोधको साथ निष्ठुर दिन आइरहेछ।
Nepali ERV (पवित्र बाइबल)
हेर, परमप्रभुको विशेष दिन आइरहेछ! यो दिन भयानक हुनेछ। परमेश्वर रिसाउनु हुनेछ अनि उहाँले देश ध्वंश पारि दिनुहुनेछ। प्रत्येक पापीलाई त्यस देश छोड्नु वाध्यतामा पार्नुहुनेछ।