Isaiah 14:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले फेरि एक पल्ट इस्राएलका मानिसहरूलाई कृपा गर्नुहुनेछ र आफ्ना प्रजा छान्नुहुनेछ। तिनीहरूलाई तिनीहरूको आफ्नो देशमा बास गर्न दिनुहुनेछ। त्यहाँ विदेशीहरू आई तिनीहरूसित मिल्नेछन् र याकूबका सन्तानसँग एक हुनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले याकूबमाथि टिठ्याउनुहुनेछ, र इस्राएललाई फेरि छान्नुहुनेछ, र तिनीहरूलाई उहाँले तिनीहरूको आफ्नै ठाउँमा बसाल्नुहुनेछ। विदेशीहरू तिनीहरूसित मिल्नेछन्, र याकूबका घरानासित उनीहरू मिलेर बस्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले याकोबमाथि दया देखाउनुहुनेछ; फेरि एक पल्ट उहाँले इस्राएललाई चुन्नुहुनेछ; अनि तिनीहरूलाई तिनीहरूका आफ्नै देशमा बसाल्नुहुनेछ। परदेशीहरू तिनीहरूसित मिल्नेछन् र याकोबका घरानासित तिनीहरू मिलेर बस्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
भविष्यमा, परमप्रभुले फेरि आफ्नो प्रेम याकूबमाथि दर्शाउनु हुने छ। परमप्रभुले फेरि एकपल्ट इस्राएललाई छान्नु हुनेछ। त्यसबेला परमप्रभुले तिनीहरूलाई आफ्ना भूमि फर्काइ दिनुहुनेछ। तब गैर-यहूदीहरू आफै यहूदी समूहमा सम्मिलित हुनेछन्। दुवै समुदायहरू परस्परमा मिलेर एक परिवार अर्थात याकूबको परिवार तुल्य हुनेछन्।