Isaiah 14:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वीणा बजाएर तिम्रो सम्‍मान गरिन्‍थ्‍यो तर अब यहाँ मृत्‍यु-लोकमा आइपुगेका छौ। औँसा तिम्रो ओछ्यान र किरा तिम्रो ओढ्‍ने भएको छ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरा सबै रवाफ त तेरा वीणाको गुञ्‍जनसँगै चिहानमा झारिएका छन्‌। औँसा तेरो ओछ्यान र कीरा तेरो ओढ्‌ने भएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा सबै रवाफ, र तेरा वीणाहरूको सोरसितै पातालमा खसालिएको छ; तेरो ओछ्यानमा औँसाहरू छरिएका छन्; अनि किराहरूले तँलाई ढाकेका छन्।
Nepali ERV (पवित्र बाइबल)
तिम्रो रवाफ पातालमा पठाइएकोछ। वीणाबाट गुञ्जेको स्वरले तिम्रो घमण्डी आत्मा आएको घोषणा गर्दछ। औसाहरूले तिम्रो शरीर खानेछ। तिमी ती औंसाहरूको ओछ्यान हुनेछौ। कीराहरूले तिम्रो शरीर बर्कोले जस्तै ढाकी दिनेछन्।