Isaiah 14:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले स्वर्गमा पुग्ने र सबैभन्दा अग्लो ताराभन्दा पनि अरू उच्चमा आफ्नो सिंहासन राख्ने पक्का विचार गरेको थिइस्। उत्तरमा देव-देवता भेला हुने पर्वतमा राजाजस्तै विराजमान् गर्छु भन्ने विचार गरेको थिइस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु। परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु। पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासद्को पर्वतमा म विराजमान हुनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तैँले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु; म आफ्नो सिंहासनलाई परमेश्वरका ताराहरूभन्दा माथि उचाल्नेछु; म सभाको पर्वतमाथि सिंहासनमा, शाफोन पर्वतको सर्वोच्च स्थानमा विराजमान हुनेछु।
Nepali ERV (पवित्र बाइबल)
तिमीले सधैं आफैले आफूलाई भन्ने गर्दथ्यौ, “म सर्वोच्च परमेश्वर जस्तो उच्च हुनेछु। म आकाशमाथि जानेछु। म मेरो सिंहासन परमेश्वरको ताराहरूमाथि राख्नेछु। म पवित्र पर्वत जफोनको टापुमा बस्नेछु। म धेरै देवताहरूलाई त्यस पर्वतमाथि भेट्नेछु।