Isaiah 14:16 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेकाहरूले मुख बाएर तँलाई हेर्नेछन्। तिनीहरूले यसरी सोध्छन्, “के पृथ्वी हल्लाउने र राज्य-राज्य थर्काउने मानिस यही हो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँलाई देख्नेहरूले तँलाई एक टक लाएर हेर्नेछन्, र तेरो भाग्यमाथि ध्यानसित गुनेर भन्नेछन्, “पृथ्वीलाई हल्लाउने तथा राज्यहरूलाई थरहरी पार्ने
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँलाई देख्नेहरूले तँलाई नियालेर हेर्नेछन्, तेरो दशामा तिनीहरूले विचार गर्नेछन्: “के यो त्यही मानिस हो, जसले पृथ्वीलाई हल्लायो; अनि राज्यहरूलाई थर्कमान बनायो।
Nepali ERV (पवित्र बाइबल)
मानिसहरूले तिनीहरूलाई देखेर तिमीहरूको बारेमा सोच्न थाले। तिनीहरूले देखे कि तिमीहरू पनि केवल मृत-शरीर रहेछौ, अनि मानिसहरूले भने, “के यो त्यही मानिसहरू हुन जो सारा पृथ्वीभरि ठूलो डरको कारण थिए?”