Isaiah 14:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै जातिहरूले इस्राएलका मानिसहरूलाई परमप्रभुले तिनीहरूलाई दिनुभएको देशमा फर्कन सहायता गर्नेछन् र त्‍यस देशमा राष्‍ट्र-राष्‍ट्रका मानिस चाकर भई तिनीहरूको सेवा गर्नेछन्। ज-जसले एक चोटी इस्राएललाई कब्‍जा गरेथे, अब इस्राएलले तिनीहरूलाई कब्‍जा गर्नेछन्। इस्राएलीहरूले अघि एक चोटी आफूलाई अत्‍याचार गर्ने मानिसहरूमाथि राज्‍य गर्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जाति-जातिहरूले तिनीहरूलाई लगेर तिनीहरूकै ठाउँमा पुर्‍याउनेछन्‌। इस्राएलका घरानाले परमप्रभुको देशमा उनीहरूलाई नोकर-नोकर्नीहरूको रूपमा अधिकार गर्नेछन्‌। तिनीहरूलाई कैद गर्नेहरूलाई तिनीहरूले कैदी बनाउनेछन्‌। तिनीहरूलाई अत्‍याचार गर्नेहरूमाथि तिनीहरूले शासन गर्नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
राष्ट्रहरूले तिनीहरूलाई लगेर तिनीहरूको आफ्नै ठाउँमा ल्याइदिनेछन्। अनि इस्राएलले जातिहरूलाई याहवेहको देशमा आफ्ना दास-दासीहरू बनाउनेछ। तिनीहरूलाई पक्रनेहरूलाई तिनीहरूले आफ्ना कैदी बनाउनेछन्; अनि तिनीहरूमाथि थिचोमिचो गर्नेहरूमाथि शासन गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
ती जातिहरूले ती मानिसहरूलाई इस्राएल फर्काइ लैजाने छन्। ती पुरूष र स्त्रीहरू इस्राएलका नोकर-नोकर्नी हुनेछन्। पहिले ती मानिसहरूले जबरजस्ती इस्राएलीहरूलाई कमारा-कमारीहरू बनाएका थिए। तर, यसबेला ती जातिहरूमाथि इस्राएलले आधिपत्य जमाए र तिनीहरूलाई पराजित गरे।